काठमाडौं, भदौ १३-भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन्।
मादक पदार्थ सेवन गरेका पुरीले फार्ममा रहेका ४ वटा गाईमध्ये १ वटा गाईलाई विहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गरेर मारेको प्रहरीले जनाएको छ।
गिरीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस