देश

पशुपतिमा साँझको आरतीअघी राष्ट्रिय गान बजाईने

काठमाडौँ, भदौ १३–पशुपतिनाथ मन्दिरमा हरेक दिन हुने साँझको आरतीअघि राष्ट्रिय गान बज्ने भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पशुपतिनाथ मन्दिरमा विहान दर्शन गर्न आउने भक्तजनहरुका साथसाथै बेलुका आरती गर्न र हेर्न आउनेहरुको पनि त्यतिकै भिड लाग्ने गरेको पाईन्छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतीमा साँझपख हुने आरतीभन्दा अगाडी अनिवार्य राष्ट्रिय गित बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकास समितीलाई निर्देशन दिएका थिए। पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो।

जहाँ आजैदेखी साँझको आरतीभन्दा अगाडी राष्ट्रिय गित बज्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास समितिले जनाएको छ। जनताको जीवन संघर्ष, देशको गरिमा, कला संस्कृति र सभ्यता, स्वाभिमान तथा पहिचानलाई जोगाई राख्नको लागि राष्ट्रिय गीत बजाउन थालिएको हो।