देश

कांग्रेस पालिका अधिवेशनमा रोचक भिडन्त, हजुरबुबालाई ८ मतले हराएका गजबहादुर सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको पालिका अधिवेशन जारी छ। सो अधिवेशनको नतिजा आउने क्रम यतिबेला जारी छ।

तर कञ्चनपुरको बेलडाँडी पालिकाको रोचक भिडन्तले भने यतिबेला चर्चा पाएको छ । सो पालिकामा हजुरबुबा र नातिबीचको प्रतिस्पर्धाले यस्तो ध्यान खिंचेको हो ।

सो पालिका अन्तरगत शनिबार सम्पन्न निर्वाचनमा  गजबहादुर बिष्टले नातामा हजुरबुबा पर्ने पृतबहादुर बिष्टलाई हराएका हुन् । कडा प्रतिस्पर्धामा ३७ वर्षीया गजबहादुर आठ मतले विजयी भएका हुन् ।

निर्वाचनमा खसेको ८५ मतमध्ये गजबहादुरले ४५ मत पाए । यी दुई एकाघरका हजुरबुबा र नाति भने होइनन् । तर एउटै खलकका भने हुन् ।

यस्तै सो पालिकामा टीकासिंह खड्का ४३ मत र ठगना राना ४० मतका साथ उपसभापतिमा निर्वाचित भए। यस्तै सचिवमा विजयी धनबहादुर रोकाया र सचिवमा कुलैराज उपाध्याय विजयी भए। सहसचिवमा भने देशुराम चौधरी र नरेशसिंह धामी विजयी भए ।

Featured