देश

१७ केजि गाँजा सहित विराटनगर जतुवाकी आरतीदेवी यादव पक्राउ

विराटनगर, ९ असोज । मोरङको बिराटनगर महानगरपालिका १४ जतुवा कि २५  बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

आज दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Featured