राजनीति

रेशम चौधरीलाई अन्याय भएको छ : वैद्य

बुटवल, भदौ १३–नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि मुद्धा लगाउनु गलत भएको बताएका छन् । उनले सरकारले चौधरी माथि मुद्धा लगाएर अन्याउ गरेको बताएका हुन् ।

उनले टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरी अन्यायमा परेको बताएका हुन् ।

थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चेपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको अध्यक्ष वैद्यको भनाइ छ ।

एक फरक प्रशंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको आरोप लगाए । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको बताउँदै उनले अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको आरोप लगाए ।

Featured