देश

चार खानीलाई उत्खननको अनुमति

काठमाडौं, भदौ १३–खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुंगा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो ।

विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको जानकारी दिए ।

विभागले आव २०७५र०७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुंगा उत्खननमा मात्र ६ वटा रहेका रहेका छन् । गत आवमा देशभर ८२ कम्पनीले खनिज उत्खनन गरेका खनिज सम्पदा महाशाखा प्रमुख घिमिरेले बताए । जसबाट सरकारले ६१ करोड ८१ लाख ५६ हजार १६५ राजश्व संकलन गरेको थियो ।

यस्तै, विभागले आव २०७५र०७६ मा ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई खनिज उत्खननमा रोक लगाएको छ ।(रासस)

Featured