राजनीति विदेश

डिसेम्बरमा भाजपाको नयाँ राष्ट्रिय अध्यक्ष चुनिने

नयाँ दिल्ली, एजेन्सी, भदौ १३-आगामी डिसेम्बरमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ राष्ट्रिय अध्यक्षको चयन हुने भएको छ।

पार्टीका कार्यबाहक राष्ट्रिय अध्यक्ष जेपी नड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिएका हुन्। आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उनले बताए।

पत्रकार सम्मेलनमा उनले भने, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।”

पार्टीको महाधिवेशन डिसेम्बर महिनामा गर्ने तयारी भएको उनले जानकारी दिए। अहिलेका अध्यक्ष अमित शाह केन्द्रीय गृह मन्त्री भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएको हो । उनी सन् २०१४ देखि पार्टीको अध्यक्ष भएका थिए।

Featured