काठमाडौं, भदौ १३–सुडान घोटाला मुद्दामा दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ । भारती शुक्रबार बिहान सात बजे आफ्नै निवासबाट पक्राउ परेका हुन् । भारती ठेकेदार कम्पनीका नेपालका प्रतिनिधि हुन् ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो। भारतीलाई एकवर्ष कैद विगो तथा जरिबानाको फैसला सुनाइएको थियो । सुडान मिसनमा २९ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित भारतीलाई पनि दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस