देश राजनीति

सुनसरीमा ६ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

विराटनगर, २३ भदौ । सुनसरीका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सुनसरी प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृह जिल्ला समेत हो ।

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा सुनसरीमा रहेका जनप्रतिनिधि मध्ये ६ जनाले सनाखत गरेका हुन् ।

धरानका कार्यपालिका सदस्य कैलास अग्रवाल, इटहरीकी कार्यपालिका सदस्य गौरी परियार, वडा सदस्य सन्तोष परियार, बराहक्षेत्र–७ का वडा सदस्य पर्शुराम आचार्य, सुष्मा विक र इनरुवा–६ का वडा सदस्य राजेश दाहालले जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पुगेर समाजवादीमा सनाखत गरेका हुन् ।

Featured