काठमाडौं, भदौ १२-बिहीबार काठमाडौंमा नेपाल र भुटानबीच आठ वर्ष पछि तेस्रो वाणिज्य वार्ता सुरु भएको हो।
वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन्। भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका वाणिज्य मान्त्रालयले जनाएकाे छ।
मन्त्रायका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ। नेपालमा भुटानबाट आलू, कोइला लगायत बस्तु आयत हुने गरेको छ भने नेपालबाट केही विद्युतीय सामाग्री निर्यात हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस