खेलकुद विदेश

नेपालद्वारा भुटान माथि गोलको बर्षा, फाइनल प्रवेशको सम्भावना बलियो

काठमाडौं, भदौ १२-साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि ६–० को शानदार जित हात पारेको छ। यो जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावनालाई निकै बलियो बनाएको छ।

पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा भएको खेलको पाँचौं मिनटमै कप्तान प्रदिप लम्सालले पहिलो गोल गरे। लगतै नवौं मिनटमा निराजन खत्रीले त्यो अग्रता दोब्बर पारे। पहिलो हाफसम्म २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।

दोस्रो हाफ शुरु भए लगतै ४८औं मिनटमा कप्तान लम्सालले नै व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि तेस्रो गोल गरे। खेलमा एकपक्षिय जित हात पारेको नेपालका लागि ७५औं मिनटमा असिम राईले चौथो गोल गरे भने ८५औं मिनटमा कृष सापकोटाले पाँचौं गोल गरे।

नेपालले अब फाइनल प्रवेशका लागि आज नै अपरान्ह ३:१५ बजेदेखि शुरु हुने आयोजक भारत र बंगलादेशबीचको खेलको नतिजा पर्खनु पर्नेछ। सो खेलमा भारतले बंगलादेशलाई हराए नेपाल स्वतः फाइनलमा प्रवेश गर्नेछ।

Featured