NRNA खबर देश

NRNA रसियाद्धारा तिज कार्यक्रम आयोजना

मस्को, रुस, अगस्ट २९ – नेपाली महिलाहरुको महान पर्व तिजका अवसरमा रुसमा बसोवास गर्ने नेपाली महिलाहरुका लागि अगस्ट २८ बुधबार का दिन तिज विषेश कार्यक्रम गरिएको थियो। गैर आवासिय नेपाली संघ(एनआरएनए) र नेपाली राजदुताबास मस्को को संयुक्त आयोजनामा रुसमा बसोबास गर्दै आएका नेपाली महिलाहरुलाई तिजका अवसरमा दर खाने कार्यक्रम सहित तिज विषेश कार्यक्रम आयोजना गरेको हो ।
तिज विषेश कार्यक्रममा रुसका लागि नेपाली राजदुत महामहीम ऋषिराम घिमिरे र गैर आवासिय नेपाली संघ (NRNA) रसियाका अध्यक्ष शिव भुर्त्यालले उपस्थित सम्पुर्ण महिलाहरुलाई तिजको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा नेपालकी चर्चित गायिका शुशिला गौतमले नेपालका विभिन्न लोकभाकाका साथै तिजका गितहरु गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् । सो अबसरमा रुसमा वसोवास गर्दै आएका नेपाली महिलाहरुले नाचगान गर्नुका साथै दोहोरी समेत गाएका थिए ।


गैर आवासिय नेपाली संघ(NRNA) रुसको ९ औँ अधिवेशनमा सहभागि हुन रुस पुगेकी गायीका गौतम तिज विषेश कार्यक्रममा सहभागि भएर पुन नेपाल फर्किएकी छन् ।
रुसमा रहेका नेपालीहरुले आफ्नो कला संस्कृति संरक्षण गर्नका लागि नियमित सवै चाडवाड र परम्परा सामुहिक रुपमा मनाउदै आएका छन् । गैर आवासिय नेपाली संघ(NRNA) रुसले नियमित नेपालमा मनाइने परम्परा र चाडपर्वहरु सामुहिक रुपमा मनाउदै आएको छ ।