देश

विराटनगरमा २६२ औँ तेरापंथ स्थापना दिवस मनाइदै, भजन सन्ध्या गरिने

विराटनगर, ७ साउन जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरले २६२ औं तेरापन्थ स्थापना दिवासको अवसरमा भजन सन्ध्या आयोजना गरेको छ ।

अनलाइन जूम मार्फत भजन संध्याको भव्य आयोजना गरिएको जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरले जनाएको छ ।

सो कार्यक्रममा तेरापन्थ महिला मण्डल , तेरापन्थ युवक परिषद, तेरापन्थ प्रोफेशनल फोरम, तेरापन्थ किशोर तथा कन्या मण्डलको विशेष सहभागिता र सहयोग रहने छ ।

कोरोना महामारीका कारण भर्चुअलरुपमा जुम मार्फत आगामी शनिबार भजन सन्ध्याको आयोजना गरिएको जैन स्वेतम्बार तेरापंथ सभाका सचिव सुरेन्द्र नौलखाले जानकारी दिए ।

Featured