देश

विद्युत प्राधिकरण विराटनगर शाखामा अत्याधिक भीड, कोरोना संक्रमणको जोखिम

विराटनगर, ७ साउन । विराटनगरस्थित नेपाल विद्युत प्राधिकारण विराटनगर वितरण केन्द्रमा मा अत्याधिक भीड लाग्न थालेपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।

विजुलीको विल तिर्ने उपभोक्ताको अत्याधिक भीड लाग्दा संक्रमणको जोखिम बढेको हो । विहिबार बिहान कार्यालय समय सुरु भएसँगै विद्युत महशुल बुझाउने उपभोक्तो बाक्लो भिड लागेको छ ।

सो भीड दैनिक जसो लाग्ने गरेको स्थानीयले बताएका छन् । कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरराउँदा महशुल बुझाउन आउन उपभोक्ता र कर्मचारीमा संक्रमणको जोअिम बढ्दै गएको हो ।

पछिल्लो समय विराटनगरमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ । निषेधाज्ञा सुकुलो भएसँगै दैनिक संक्रमण दर उच्च बन्दै गएको छ । बजार, पशल, कार्यालयहरुमा मापदण्ड अनुसार सतर्कता नअपनाउँदा संक्रमण दर बढेको हो ।

बिहिबार मात्र नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा सयौँको संख्यामा भीड लागेको थियो । सो भिडमा सामाजिक दुरी समेत कायम नगरेको देखिएको छ भने धेरैले मास्क समेत नलगाएको बिजुलीको विल तिर्न आएका एक उपभोक्ताले बताए । जसका कारण संक्रमण फैलिन सक्ने जोखिम देखिएको उनको भनाई छ ।

प्रविधिको विकाससँगै अहिले बिजुलीको विल घरमै बसेर तिर्न सकिन्छ । इसेवा, फोनपे लगायतका माध्यमबाट घरमै बसेर बिल तिर्न सकिने भएपनि प्राविधिक ज्ञान नहुँदा धेरै उपभोक्त कार्यालयमै पुग्ने गरेका छन् । जसका कारण अत्याधिक भीड हुँदा संक्रमण फैलीन सक्ने जोखिम बढेको छ ।

Featured