देश

लोक संगीत अवार्डको दोस्रो संस्करण कोरियामा हुने

काठमाडौँ, भदौ १२–यस बर्षको ‘लोक संगीत अवार्ड २०१९’ दक्षिण कोरियामा हुने भएको छ । गत साल मलेसियामा भएको लोक संगीत अवार्डको दोस्रो संस्करण सेप्टेम्बर १४ मा दक्षिण कोरियाको सिउलमा हुन लागेको हो । हिमालयन नेपाली ईभेन्ट प्रालीको आयोजनामा ‘सृजनाको मूल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्धन हाम्रो अभियान’ भन्ने नाराको साथमा अर्वाड हुन लागेको हो ।

अर्वाड कार्यक्रममा नेपाली लोक गीत, आधुनिक, पप, लोक पपलगायतका विभिन्न विधामा अवार्ड वितरण गरिने छ । नेपाल पर्यटन वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने उद्धेश्यले अवार्ड आयोजना गरिएको आयोजकको दावी छ ।

अवार्डको निर्णायक मण्डलमा गायक यम बराल लोक तथा दोहोरी गायिका सुनिता दुलाल, गायक बिक्रम जंग शाही लगायत छन् । नेपाली गीत–संगीत जगतको उत्थान तथा श्रीबृदीको लागि गायक सर्जक तथा संगीत क्षेत्रमा जोडिएका व्यक्तिहरुको योगदानको सम्मानको लागी अवार्ड आयोजना गरिएको आयोजक हिमालयन नेपाली ईभेन्ट प्रालीका प्रबन्ध निर्देशक सबिन घिसिङले जानकारी दिए ।

घिसिङले भने, ‘लोक संगीत अवार्ड २०१९ को उद्देश्य अग्रजलाई सम्मान नवलाई प्रोत्साहन गर्नु नै हो । अवार्डले संगीत क्षेत्रमा क्रियाशिल कलाकारको सम्मान तथा क्रियाशिलतामा प्रेरणा मिल्ने आयोजकको विश्वास छ ।