देश

कलंकीमा १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं, भदौ १२-काठमाडौँको कलंकीमा सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए। मगर भने पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।