धनगढी, भदौ १२–सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) अनिवार्य गरे पछि देशभरका आन्तरिक राजश्व कार्यलयहरुमा सेवाग्राहीको भीड बढेको छ ।
आन्तरिक राजश्व कार्यालय धनगढीबाट साउन यता १६ हजार जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् । सरकारले अनिवार्य गरेपछि आन्तरिक राजश्व कार्यालयबाट १ साउनदेखि हाल सम्म १६ हजार ६ सय २९ जनाले स्थायी लेखा नम्बर पान लिएको कायालर्यका प्रमुख कर अधिकृत गोविन्द अधिकारीले बताए ।
सरकारले साउन मसान्त सम्म लिइसक्नुपर्ने बताए पनि यो अवधिमा धेरै सेवाग्राही छुटेका कारण असोजसम्म समय थप भएको उनले बताए । सरकारले १९ चैत २०५८ बाट स्थायी लेखा नम्बर लागु गरेपनि सेवाग्राहीले सेवा उपयोग गर्न आनाकानी गर्दै आएका थिए ।
सामान्य मजदुरी गरेर गुजारा चलाउने वर्गले पनि प्यान बनाउनै पर्ने बाध्यकारी नियम सरकारले ल्याएको छ । सेवा लागु भए देखि हालसम्म आन्तरिक राजश्व कार्यालय कैलालीबाट ४४ हजार ९ सय ५४ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।
आर्थिक वर्ष ०७६र०७७ देखि कुनै पनि कार्यालय वा स्थानमा सेवा गरी तलब, भत्ता, ज्याला वा पारिश्रमिक लिने व्यक्तिले अनिवार्य व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेसँगै राजश्व कार्यालयमा सेवाग्राहीको भीड लागेको हो ।
प्रतिक्रिया दिनुहोस