देश

दुई सय लिटर अवैध घरेलु मदिरा नष्ट

धादिङ, भदौ १२–गजुरी गाउँपालिका(१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संचारकर्मी र स्थानीयबासीको उपस्थितिमा उक्त स्थानमा स्थानीयले सञ्चालन गरिएका आठवटा अवैध घरेलु मदिरा भट्टी पसलबाट उक्त परिणामको कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरिएको हो ।

साथै मदिरा बनाउन कच्चा पदार्थ राखिएका ३२ वटा ड्रमसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Featured