विदेश

ब्रिटिस प्रधानमन्त्रीले लिए संसद निलम्बित गर्ने निर्णय

काठमाडौं, एजेन्सी, भदौ १२-ब्रिटेनकी महारानीले संसद निलम्बित गर्ने बोरिस जोनसन सरकारको सिफारिसलाई स्वीकृति दिएकी छन्। अब ब्रिटिस संसद सेप्टेम्बर र अक्टोबरका पाँच हप्ता निलम्बित हुनेछ।

आलोचकले संसद भङ्ग गरेर जोनशनले संसदमा बहस रोक्न खोजेको बताएका छन्। तिनले जोनशनको कदमलाई ‘संसदविरुद्धको कु’ बताइरहेका छन।जोनसनले भने पाँच हप्ता संसद भंग गर्दा पनि ब्रेक्जिटबारे वहसको लागि समय हुने बताएका छन्।

सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसद डोमिनिक ग्रिवले सरकारकाले यस कदमलाई ‘आपत्तिजनक’ बताए। उनले यसबाट बोरिस जोनसनको सरकार ढल्न सक्ने बताए।

क्याविनेट मन्त्री माइकल गोभले संसद भंङ्गबारे बोल्दै यसले सम्झौता नगरी ब्रेक्जिट सम्पन्न गर्ने वर्तमान सरकारको प्रयासमा विपक्षीको विरोध पन्छाउने राजनीतिक कदम नभएको बताए।

गोभले ब्रेक्जिट सम्पन्न गर्नको लागि अक्टोबर ३१ समय निर्धारण गरिएकाले अझै पनि बेक्जिटबारे वहस गर्नको लागि ‘प्रशस्त समय’ हुने बताए। बुधबार जोनसनले संसद भङ्ग भएपछि अक्टोबर १४ मा महारानीको भाषण हुने र त्यसमा उनको ‘अत्यन्त रोमाञ्चक एजेण्डा’हरु रेखाङ्कन हुने बताए।

बोरिस जोनसनले भने ,‘हामीलाई नयाँ कानुनको आवश्यकता छ। हामी नयाँ र महत्वपूर्ण विधयक लिएर आइरहेका छौं। यसैले हामीले महारानीको भाषण राखेका हौं।’

संसद बन्द गर्ने जोनसनको निर्णयले ब्रिटेनका सबै तप्कामा आक्रोस उत्पन्न भएको देखिएको छ। निर्णयपछि देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।त्यस्तै केही व्यक्तिले निर्णय विरुद्ध अदालत जाने चेतावनी दिएका छन् र अनलाइन दशौं लाख हस्ताक्षर अभियान चलाइएका छन्।

बुधबार साँझ प्रदर्शनकारीले ब्रिटिस संसद वेस्ट मिनिस्टर बाहिर भेला भएर ‘कु रोक’ नारा लगाएका थिए। प्रदर्शनमा सहभागी कयौंले ब्रेक्जिटविरोधी प्लेकार्ड र युरोपेली संघको झण्डा बोकेका थिए। त्यस्तै सरकारको बेवसाइटमा संसदलाई भङ्ग नगर्न परेको विद्युतीय आवेदनमा एक दिनमै दश लाखले हस्ताक्षर गरेका छन्।

आलोचकले ब्रेक्जिट मामिलामा सांसदलाई तिनको लोकतान्त्रिक जिम्मेबारी अभ्यास गर्नबाट रोक्नको लागि यसो गरिएको बताएका छन्। पूर्व प्रधानमन्त्री जोन मेयर लगायत कयैन ठूला नेताले सरकारको कदमविरुद्ध अदालत जाने धम्की दिएका छन्।

एसएनपीको न्यायिक प्रवक्ता जोआना चेरीले यो मुद्दालाई चुनौती दिनको लागि स्कटिश अदालतमा आफ्नो काम सुरु गरिसकेका छन्।

Featured