देश

८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं, भदौ १२–प्रतिबन्धित रक्तचन्दनसहित काठमाडौंको बौद्धबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) र बौद्ध प्रहरीको सहयोगमा ८३ केजी रक्तचन्दनसहित बुधबार साँझ दुईजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मुगुका ६० वर्षीय खेम्बु लामा र २० वर्षीय नोर्बुम लामा रहेको महानगरी प्रहरी प्रभाव बौद्धका प्रहरी प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। भारतबाट ल्याएर रक्तचन्दन नेपाल हुँदै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध रुपमा तिब्बत पैठारी हुने गरेको थियो।

भूकम्पपछि तातोपानी नाका बन्द भएपछि रक्तचन्दको ओसारपसार पनि बन्दप्राय थियो । तातोपानी नाका खुलेसँगै रक्तचन्दन तस्करी पनि सुरु भएको छ। रक्तचन्दनको ओसारपसारलाई नेपालमा प्रतिबन्ध लगाइएको छ।

Featured