देश

मन्त्रीकै गाडीमा ट्राफिकको ह्वील लक

काठमाडौं, भदौ ११–बा २ झ ४८६२ नम्बर भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको झण्डावाला गाडीमा ट्रफिक प्रहरीले ह्वील लक लगाएको छ । पार्किङ निषेधित क्षेत्रमा जथाभावी पार्किङ गरेपछी मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।

यसरी बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गाडी पनि कारबाहीमा परेको हो ।

तर उक्त गाडीमा भने मन्त्री महासेठ थिएनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार पछि उक्त गाडीलाई एक हजार जरिवाना तिराएर छाडिएको छ ।

उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ। उनले भने ‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो ।’