देश राजनीति

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् सहमति गरे भ्याकेटको औचित्य नै जवाफ दिएका हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शत्ता सुम्पने कुरा एमालेजनले गर्नै नहुने बताएका छन् । उनले पुराना कुरा बिर्सेर एकताको बाटोमा हिँड्न आग्रह गरेका छन् ।

‘सहमति भएमा भ्याकेटको औचित्य नै रहँदैन । शेरबहादुरलाई शत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन । पुरानो कुरा बिर्सेर एकताको वाटोमा हिँडौँ । भविष्य एकतामै छ’ उनले भने ।

Featured