देश

मोरङमा खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप

विराटनगर, ७ असार । मोरङमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै एक साता लम्ब्याइएको छ । ८ गते राती १ बजेदेखि लागू हुने गरि असार १४ गते राति १ बजेसम्मका लागि थप गरिएको हो ।

यस पटक निषधाज्ञा थप खुकुलो गरिएको छ । यस अघि विहान ५ बजेदेखि ११ बजेसम्म मात्र अत्यावश्य वस्तुको विक्रिवितरण खुल्ला गरिएकोमा अब १२ बजेसम्म खुल्ला हुने भएको हो ।

सोमबार बसेको डिसिसिएमसि बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । कोरोना संक्रमणदर घट्दै गएकाले प्रदेश राजधानी विराटनगरसहित मोरङका सवै पालिकामा क्रमशः निषेधाज्ञा खुकुलो बनाउदै लगिने भएको हो ।

मोरङमा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । सोमबार बसेको डिसिसिएमसि बैठकले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउदै थप सात दिन सम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

उनले जनजिवन सहज बनाउन निषेधाज्ञालाई केही लचिलो बनाउनुपर्ने देखिएको बताए । उनले यतिबेला पनि विभिन्न क्षेत्र विस्तारै खोल्दै लगिएको र अन्य क्षेत्रपनि विस्तारै खुकुलो पार्दै लगिने जानकारी दिए ।

Featured