देश

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १० ,११ र १२ गरी १२ वटा वडाहरुमा बिस्कुट तथा पाउरोटी वितरण गरेको छ ।

त्यसैगरी बिराटनगर महानगरपालिका भित्र डिउटीमा रहेका सुरक्षाकर्मीहरू नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीहरुलाई आइसक्रीम बितरण गरेको छ ।

आज साँझ नेपाल स्काउटको स्थापना दिवसको अवसरमा कोभिड १९ को कारण ज्यान गुमाएका सम्पूर्ण मृतकको आत्माको चिर शान्तिको कामना र कोभिड १९ बाट बिरामी हुने सम्पुर्ण बिरामीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलनसमेत गरेको छ ।

Featured