देश

विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए, निषेधाज्ञा अझ खुकुलो बनाइने सम्भावना

विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ७ हजार ७ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतबार विराटनगरमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यो सँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ३ जना
–विराटनगर २ मा ० जना
–विराटनगर ३ मा ० जना
–विराटनगर ४ मा ५ जना
–विराटनगर ५ मा २ जना
–विराटनगर ६ मा २ जना
–विराटनगर ७ मा १ जना
–विराटनगर ८ मा १ जना
–विराटनगर ९ मा २ जना
–विराटनगर १० मा ० जना
–विराटनगर ११ मा ३ जना
–विराटनगर १२ मा ० जना
–विराटनगर १३ मा ० जना
–विराटनगर १४ मा ० जना
–विराटनगर १५ मा ० जना
–विराटनगर १६ मा ० जना
–विराटनगर १७ मा ० जना
–विराटनगर १८ मा ० जना
–विराटनगर १९ मा १ जना
र वडा नखुलेको १ जनामा संक्रमण देखिएको छ ।

Featured