देश

बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न वाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी

काठमाडौं, भदौ ११–अर्थमन्त्री डा. युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय वाणिज्य बैंकलाई सचेत गराएका छन् ।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा अर्थमन्त्री खतिवडाले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड गर्न नहुने बताए ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबै वाणिज्य बैंकको तुलनामा कम रहेको प्रति अचम्म मान्दै यसलाई निक्षेपकर्तामाथिको खेलवाडको संज्ञा दिए ।बैंकहरुमा आउने तरलताको संकट पनि बचतकर्ताको निक्षेपमाथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए ।