काठमाडौं, भदौ ११–राष्ट्रपति बिद्यादेवी भण्डारीले नेकपाका नेता डा. बंशीधर मिश्रलाई बंगलादेशको राजदूतमा नियुक्त गरेकीछन् ।
भण्डारीले कतारका लागि नारदनाथ भारद्धाजलाई पनि आज राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । दुवैजनालाई मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई बिशेष समितिले अनुमोदन गरेपछि नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस