काठमाडौं, भदौ ११–प्रहरीले काठमाडौंको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–५ का अजय दास र काठमाडौं काडाँघारीबाट अनिल बोहोरा र बिनोद बोहोरालाई पक्राउ गरेको हो ।
दासलाई बानेश्वरबाट र बोहोरादयलाई काडाँघारीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम र दासको साथबाट लागुऔषध फेनरागन, नुरफिन र डाईजेपाम गरी २ सय ३० एम्पुल बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस