खेलकुद देश

विश्वकप छनोट: नेपाल जोर्डनसँग ३-० ले पराजित

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट फुटबलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलामा नेपाल जोर्डनसित ३-० गोल अन्तरले पराजित भएको हो ।

अधिकांश समय जोर्डनले नेपाललाई दबाबमा राखेको थियो । मध्यान्तरअघि १–० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको हो । जोर्डनका लागि बहा फैजलले दुई गोल गरे भने यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।

रक्षात्मक रणनितिका साथ खेलेको नेपालले पाएका केही अवसरहरूलाई सदुपयोग गर्न सकेन । नेपालका लागि गोलकिपर किरण चेम्जोङले भने केही उत्कृष्ठ बचाउ गरे ।

यसअघि छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो । नेपालले २० जेठमा चाइनिज ताइपेईसँग भएको खेलमा नेपाल २-० ले विजयी भएको थियो । अब नेपालले अस्ट्रेलियासँग खेल्ने छ ।

Featured