देश

जेलमा रहेका कर्तव्य ज्यानका कैदीको मृत्यु

जनकपुर, भदौ ११–महोत्तरीको जलेश्वर कारागारमा रहँदै आएका एक कैदीको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२ किशोरी नगर घर भएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताए ।

ठाकुर कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका थिए । थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप बढेपछि उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा उनको अस्पतालमा नै मृत्यु भएको हो ।