देश

प्रदेश १ मा कोरोना संक्रमणको नयाँ रेकर्डः आज ११४० जना थपिए

विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४५ हजार ३६४ पुगेको छ ।

संक्रमित भएका मध्ये ३१ हजार ६० संक्रमणमुक्त भएका छन् । आज १७६ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १३ हजार ६३८ पुगेको छ । प्रदेश १ मा आज २ हजार २७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

Featured