देश

रंगेलीमा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

रंगेली, ३ जेठ । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणका कारण रंगेलीमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको संक्रमण सुरु भएयता रंगेलीमा पहिलो पटक एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रंगेली–७ का एक पुरुष रहेका छन् । रंगेलीमा सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा उपचार सम्भाव उनलाई विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ केन्द्रमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रोहिन्द्र पाण्डेले जानकारी दिए ।

Featured