देश

बल्खु पुगेर एमाले नेताले गरे मदन-आश्रितको शालिकमा माल्यार्पण

नेकपा (एमाले) का नेताहरूले पार्टी कार्यालय बल्खुमा पुगेर मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेका छन् ।

२८औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा नेताहरूले मदन-आश्रितको शालिकमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, नेताहरू बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, सुवाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत पुगेर मदन-आश्रितको शालिकमा माल्यार्पण गरेका थिए ।

वि.सं. २०५० साल जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा परी मदन-आश्रितको मृत्यु भएको थियो । सोही स्मरणमा प्रत्येक वर्ष जेठ ३ गते मदन-आश्रित दिवस मनाइँदै आएको छ ।

Featured