देश

एक हप्ता कर्फ्यू लगाउन मोरङ ब्यापार संघको माग

विराटनगर, २ जेठ । मोरङ ब्यापार संघले कोरोना संक्रमणको जोखिम कम गर्न तत्काल कर्फ्यू लगाउन सरकारसँग माग गरेको छ । ब्यापार संघले बिज्ञप्ति जारी गर्दै मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन कम्तिमा सात दिन कर्फ्यू लगाउन माग गरेको हो ।

ब्यापार संघद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘मानव जीवन रक्षा चुनौतीपूर्ण बन्दै गईरहेको बिद्यमान बिषम् परिस्थितिले अझ बिकराल रुप लिन सक्ने तथा मुलुकमा ठूलो दुर्घटना घट्न सक्ने प्रवल सम्भावनालाई मध्यनजर गरि हाल मुलुकमा कम्तिमा ७ दिन कर्फ्यू लागू गर्न नेपाल सरकारसँग जोडदार अपिल गर्दछौ ।’

Featured