देश

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ ।

युवा संगठन,सुनसरीका जिल्ला संयोजक निरजले प्रेस वक्तव्य जारी गर्दै देश यतिबेला स्वास्थ्य संकटमा गुज्रिएको भन्दै स्वास्थ्य माफियामाथि कार्वाहि ÷ सरोकार वालाहरुको गैर्हजिम्मेवारिको भन्डाफोर र आवश्यक स्वास्थ्य सामाग्रि सहयोग तथा सचेतना अभियान संचालन गर्ने बताएका छन्।

यश महामारीको घडीमा निजी तथा सरकारी अस्पतालमा बिरामीको निःशुल्क उपचार गर्न,कालो बजारी गर्नेहरूलाई कडा कारबाही गर्न श्रमजीवी वर्गका लागि आवश्यक राहतको व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

Featured