काठमाडौं,भदौ ११-काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा बुधबार दिनभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा आज घाम लाग्ने मौसमी संकेत छ।
उनले भने, ‘आजको मौसम कुनै खराबी छैन त्यसैले आज काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा घाम लाग्छ।’ बेलुकातिर भने पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस