देश

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की

काठमाडौं, भदौ ११–युनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्की नियुक्त भएका हुन् ।

कार्कीले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथ लिएका छन् । सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ ।

Featured