विदेश

अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेट खस्यो

अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ । रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग मार्च फाइभ बी’ अन्तरिक्षयानलाई लिएर विभिन्न अनुमान गरिरहेका थिए । चीनले उक्त रकेट गत २९ अप्रिलमा हाइनान द्वीपबाट प्रक्षेपण गरेको थियो ।

अमेरिकी स्पेस कमाण्डले पनि रकेट वायुमण्डलमा प्रवेश गरेको कुरा पुष्टि गरेको छ । यो रकेटका भागहरू पृथ्वीमा झर्ने कुरालाई लिएर चिन्ता थियो । रकेट करिब १८ टन थियो । र, दसकौंयता पृथ्वीको वायुमण्डमा अनियन्त्रिभ भई झरेको यो सबैभन्दा ठूलो वस्तु हो ।

Featured