देश

पार्टी विवाद निर्णायक मोडमा पुगेका बेला ओली-नेपाल पक्षका नेताबीच छलफल

नेकपा एमालेका केपी ओली पक्ष र माधव नेपाल पक्षबीचका नेताहरूबीच छलफल भएको छ । पार्टीको विवाद निर्णायक मोडमा पुगेका बेला ओली पक्षका नेता विष्णु पौडेलले नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग बिहीबार छलफल गरेका हुन् ।

काठमाडौंको होटल मेरियटमा आफूहरूबीच आधा घन्टा छलफल भएको नेता सुरेन्द्र पाण्डेल बताए । भेट परिणामुखी नभएको उनले जानकारी दिए । ‘विष्णु पौडेलले आमन्त्रण गरेपछि छलफलका लागि गोकर्ण विष्ट र म पुगेका थियौँ । छलफल परिणामुखी बनेन,’ उनले भने ।

भेटमा नेता पौडेलले अप्रिय निर्णय नलिन आग्रह गरेका थिए । अध्यक्ष ओली २ जेठ २०७५ को अवस्थामा नफर्किएसम्म कुनै पनि समाधान नहुने मत पाण्डेले राखेका थिए ।

Featured