देश

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका काम बन्द गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।

कार्यालयबाट दिदै आएका राहदानी वितरण तथा सिफारीस, नयाँ नागरिकता वितरण नविकरण, नाबालक परिचयपत्र, हतियार दर्ता नविकरण, राष्टिय परिचयपत्र सम्बन्धी कार्य, संस्था दर्ता तथा नविकरण र अत्यावश्यकीय सिफारिस बाहेकका सबै सेवा वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय भएको श्रेष्ठ जानकारी दिए ।

Featured