देश

कोरोना संक्रमणबाट विराटनगरको नोवेल अस्पतालमा मोरङका दुई पुरुषको मृत्यु

विराटनगर, २२ वैशाख । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणबाट मोरङका थप दुई पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार विहान विराटनगर र शुन्दरहरैँचाका एक÷एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार संक्रमित पुरुषलाई उपचारका लागि मंगलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएकोमा आठ घण्टामै उनको मृत्यु भएको हो ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना संक्रमण देखिएका उनलाई उपचारका लागि १७ वैशाखमा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउनसाथ भर्ना गरेर उपचार थालिएको भए पनि उनको बिहान ५ बजेतिर मृत्यु भएको प्रवन्धक दाहालले बताए । मृतक दुवैको व्यवस्थापनका लागि पहल भइरहेको उनले जानकारी दिए ।

Featured