देश

चट्यांग लागेर झापामा कार्यरत विराटनगर घर भएका असईको मृत्यु

विराटनगर, २१ वैशाख पानीसँगै परेको चट्याङ लागेर झापामा एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) ४५ वर्षीय महादेव ठाकुर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

ठाकुर किचकवध प्रहरी चौकीमा कार्यरत थिए । सोमबार राती पौने १० बजे पानी परेपछि ड्युटीमा रहेका असई ठाकुर पानीबाट जोगिन किचकवधको बस्ती नजिकै एक छाप्रो मुनि गएर बसेका थिए । सोही बेला परेको चट्याङ लाग्दा असई गम्भीर घाइते भएका थिए ।

घाइते ठाकुरलाई ओम साई पाथीभरा हस्पिटल भद्रपुर पु¥याउन साथ चिकित्सकले मृत घोषित गरिदिएको डिएसपी थापाको भनाइ छ । असई ठाकुर विराटनगरका बासिन्दा हुन् ।

Featured