देश

निषेधाज्ञा उल्लंघन गर्दै पशल खोल्ने विराटनगरका व्यापारी प्रहरी नियन्त्रणमा

विराटनगर, २१ वैशाख । निषेधाज्ञा उल्लंघन गर्दै पशल खोल्ने विराटनगरका व्यपारीलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएपनि विराटनगरका व्यपारीहरुले अटेर गरेपछि प्रहरीले कारवाही गर्न सुरु गरेको हो ।

प्रहरीले विराटनगरबाट दुई दर्जन बढी व्यपारीहरुलाई मंगलबार नियन्त्रणमा लिएको छ । विराटनगरको मात्रिका गल्लिबाट मात्र केहीबेर अघि मात्र ६ जना पशलेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरमा एक सातका लागि निषेधाज्ञा जारी गरिएको छ । तर, निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि थप कडाई गर्न थालिएको हो ।

Featured