देश

झ्याल ढोका थुनेर सुत्केरी सेक्दा एक जानको मृत्यु, दुई जना अचेत अवस्थामा

भक्तपुरमा तीन आमाछोरी आफ्नै डेरामा अचेत अवस्थामा फेला परेका छन् । तीनमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको तिमाल घर भएका उनीहरू भक्तपुरको सूर्यविनायक नगरपालिकामा बस्दै आएका थिए । २२ वर्षीया सुनिता तामाङ, १८ वर्षीया अनिता तामाङ र ४० वर्षीया आमा शान्तिमाया तामाङ अचेत अवस्थामा फेला परेका थिए । तिमध्ये सुनिताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द गरिएको थियो । झ्याल ढोका फोडेर हेर्दा तीन जना अचेत अवस्थामा भेटिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । कोठामा सुत्केरी सेक्नका लागि कोइला बालेकाले उनीहरूको निसासिएर घटना भएको हुन सक्ने बताइएको छ । घाइते भएका दुई जनाको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

Featured