देश

प्रतिनिधिसभा बैठकअघि सांसदहरूको कोरोना परीक्षण हुने

प्रतिनिधिसभाको बैठकअघि सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।  प्रतिनिधिसभा बैठकअघि संसद सचिवालयले २२ र २३ वैशाखमा सांसदहरूको कोरोना परीक्षण गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखका लागि बजेट अधिवेशन आह्वान गरेकी छिन् ।

प्रतिनिधिसभा बैठकमा सहभागी हुने मर्यादापालक, सचिवालयका कर्मचारीहरूको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजे देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट परीक्षण गरिने भएको हो । कोरोना परीक्षणका लागि अनिवार्य उपस्थितिका लागि संसद सचिवालयले सांसद तथा कर्मचारीलाई अनुरोध गरेको छ ।

Featured