देश राजनीति

पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

नेपाली कांग्रसको पदाधिकारी बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्‍णप्रसाद पौडेलले  जानकारी दिए ।

बैठक सोमबार दिउँसो दुई बजेका लागि तय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत लिने तयारी गरेपछि त्यस विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका थिए ।

बैठकमा महाधिवेशनलाई समेत छलफलको एजेण्डा बनाइएको थियो ।

Featured