सुर्खेत, भदौ ११-सुर्खेतमा बुधबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका छन्।
जाजरकोटबाट नेपालगन्ज तर्फ जाँदै गरेको ना ४ ख ९३ २७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका-५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेहरुको नाम ठेगाना खुलिसकेको छैन। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुर लगिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस