देश राजनीति

भारतसहित १० देशमा अन्तर्राष्ट्रिय उडान रोक्न सीसीएमसीको सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित भारत, बेलायत, अमेरिकालगायत १० देशबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले कोरोना अति प्रभावित देशहरूबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई सिफारिस गरेको हो । बैठकले आन्तरिक उडान पनि रोक्ने प्रस्ताव गरेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए ।

सीसीएमसीले कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्ने प्रस्ताव गरेको हो ।

सीसीएमसीले भारतसँग सीमा जोडिएका २० वटा नाका पनि बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । यस्तै, बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाई कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

Featured