देश राजनीति

विराटनगर आएर डा. शेखर कोइरालाले भनेः सभापतिको निरंकुशता स्वीकार्य हुँदैन

विराटनगर, १८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा पार्टीमा नवप्रवेशीहरूलाई स्वागत गर्दै कोइरालाले कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी भएकाले पार्टी सभापतिको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताए । उनले लोकतन्त्रको जगेर्ना कांग्रेसले मात्र गर्ने जनताले बुझ्दै गएको दाबी गरे ।

राजनीति राजधानीको रूपमा मोरङको साख फर्कनु पर्छ भन्ने आवश्यकता महसुस हुन थालेको बताउँदै उनले यो विचार काठमाडौंको पनि आवाज बन्ने दाबी गरे ।

त्यस अवसरमा संस्थागत विद्यालय महासंघ (प्याब्सन) का पूर्वमोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सन राजन छाराहाङ,  विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एनप्याब्सनका मोरङ कोषाध्यक्ष ईन्द्र नारायण साहलगायत कांग्रेसमा प्रवेश गरेका छन् ।

Featured