काठमाडौं, भदौ ११-नेपालमा पहिलो पटक ‘इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिबल’को आयोजना हुने भएको छ। स्पार्क डिजे एकेडेमीको आयोजनामा ललितपुरको नल्लुमा तीन दिने उक्त इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिबलको आयोजना हुनेछ।
असोज १०, ११ र १२ गते पूरा दिन र रातैभरी हुने उक्त फेस्टिबलमा चारवटा स्टेज हुनेछन् जसमा डिजे र लाइभ म्युजिक हुनेछ। यसका साथै लाइट शो र फायर वर्कस् पनि फेस्टिबलको मुख्य आकर्षणमा हुनेछन्।
अनलाइन टिकट चाँडै नै इसेवामा उपलब्ध हुने आयोजकले बताएको छ।
प्रतिक्रिया दिनुहोस